काठमाडौँ, २९ भदौ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्रको विकास र समृद्धिका लागि सबै एक ठाउँमा उभिनु पर्ने बताएकी छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी सङ्गठनले आयोजना गरेको अन्तरक्रियामा उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट नेपाले ठुलो लाभ उठाउन सक्ने पनि उल्लेख गरिन्।
बीआरआई २१ औँ शताब्दीको महत्त्वपूर्ण र अद्भुत आयोजना भएकोले नेपाल यसमा सभागि हुने विषयमा नेपाली कांग्रेले साथ दिने पनि बताइन्। उनले भनिन्, ‘ २१ औँ शताब्दीको महत्त्वपूर्ण आयोजना हो। समुन्द्र र रोडलाई जोड्ने, विकासको अद्भुत आयोजना हो। यसबाट हामीले ठुलो फाइदा उठाउन सक्छौ। यो लक्षण राम्रो पनि हो। यसमा नेपाली काँग्रेसले पनि साथ दिन्छ।’
बीआरआईमा सहभागी भइरहँदा नेपालले दुई देशबीचको सम्बन्धलाई सन्तुलन राख्ने विषयमा ध्यान दिनु पर्ने बताइन्। उनले भनिन्,’भारतले पनि सहयोग गर्दै आएको छ। हालै पेट्रोलियम पाइपलाइनको पनि उद्घाटन पनि गरिएको छ। चीनले पनि ठुलो बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को योजना ल्याएको छ। यसबाट हामीले ठुलो फाइदा उठाउन सक्छौ। दुई देशबीचको सम्बन्धलाई सन्तुलित राख्नु पर्छ।’
अर्को प्रसंगमा उनले नेपालको विकास र समृद्धिको बहसमा ब्यूरोक्रेटलाई पनि सहभागी गराउनु पर्ने बताइन्। ‘सबै भन्दा च्यालेन्ज ब्यूरोक्रेट छ। उनीहरूले काम गर्ने भने सफल हुँदैन। उनीहरूलाई पनि बहसमा सहभागी गराउनु पर्छ। जनतालाई बुझाउनु पर्छ।’



लाेकपाटी न्यूज

