नागरिकता सम्बन्धी सरकारको प्रस्तावमा तीन दलको फरक मत

Rajya_Byawastha_Samiti01
लाेकपाटी न्यूज

काठमाडौं, वैवाहिक अंगिकृत नागरिकताका सम्बन्धमा सरकारले गरेको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सांसदहरुले लिखित रुपमा फरक मत पेस गरेका छन्।

सरकारको तर्फबाट गृह मन्त्री रामबहादुर थापा बादलले शुक्रबार संसदको राज्यव्यवस्था समितिमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाहको सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्ने व्यवस्था गर्न प्रस्ताव गरेका थिए। संसदको राज्य व्यवस्था समितिको आजको बैठकमा कांग्रेसका ६ सांसदले फरक मत राखेका हुन्।

फरक मत राख्नेहरुमा दिलेन्द्रप्रसाद बडू, मीना पाण्डे, देवेन्द्रराज कँडेल, डा अमरेसकुमार सिंह, डा डिला संग्रौला र विनोदकुमार चौधरी छन्। उनीहरुले फरक मतसहितको पत्र समितिकी सभापति शशि श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। सरकारले गरेको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसदहरुले असहमति जनाएको छन्।

सरकारको प्रस्तावमा नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाउँदै फरक मत पेस गरेका हुन्। हाल नागरिकता ऐन २०६३ प्रचलनमा छ। नागरिकता सम्बन्धी ऐनको पक्षमा कांग्रेस रहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार साँझ बसेको बैठकले समेत नागरिकता ऐन २०६३ को प्रावधानलाई निरन्तरता दिनुपर्ने अडान राख्ने निर्णय गरेको थियो।

congress

यस्तै राजपाका राजकिशोर यादव र समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले पनि फरक मत राखेका छन्। संसदको राज्य व्यवस्था समितिमा भइरहेको छलफलमा बिहे गरी भित्रिएकी विदेशी महिलालाई नागरिकता दिने विषयमा विवाद उत्पन्न भएको छ। विदेशी महिलालाई बिहेपछि ७ वा १५ वर्षपछि अंगीकृत नागरिकता प्रदान गर्नेमा मतैक्यता हुन सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्