बज्र एकेडेमीमा बाल केन्द्रित शिक्षण सिकाइ

pic 2
लाेकपाटी न्यूज

ललितपुर, २८ भदौ। गोदावरी नगरपालिका १३ स्थित झरुवाराशीमा रहेको बज्र एकेडेमीमा अभिभावक गोष्ठी सम्पन्न भएको छ। शुक्रवार विद्यालयको सभाहलमा आयोजित उक्त गोष्ठी कार्यक्रममा एकेडेमीमा अध्ययनरत विद्यार्थीका अभिवावकहरुले भाग लिएका थिए।

सहभागी अभिभावकलाई बाल केन्द्रीत शिक्षण सिकाइ सम्बन्धी प्रशिक्षण तथा अभ्यासमा सरिक गराईएको थियो। उनीहरुलाई अर्ली चाईल्ड एजुकेशन सेन्टरका अनुभवी प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए। शिक्षणका क्रममा अभिवावकहरुले खेल सामाग्री मार्फत् अभ्यास समेत गरेका थिए। सो क्रममा उनीहरुले खेल सामाग्री मार्फत् घर, साइकल, टेबुल जस्ता डमि तयार पारेका थिए।

एकेडेमीका प्रिन्सिपल उदिप भट्टले अभिभावकहरुलाई बाल केन्द्रीत शिक्षण सिकाइका आधारभूत मूल्य मान्यताबारे जानकारी दिलाउने उदेश्यका साथ गोष्ठी कार्यक्रमको आयोजना गरिएको बताए। उनले भने ’ज्ञान र शिप भन्ने कुरा विद्यार्थीलाई मात्र दिएर पुग्दैन भन्ने हाम्रो मान्यता हो, विशेषत विद्यार्थी बालबालिकाका अभिभावक एवं अध्यापकहरुलाई पनि यस सम्बन्धी ज्ञान र सिप दिने हो भने बाल मैत्री शिक्षण सिकाईमा उपलब्धी हासिल गर्न सकिन्छ भन्ने विश्वब्यापी मान्यतालाई ब्यवहारत प्रयोगमा ल्याउने प्रयास स्वरुप हामीले अभिभावकलाई लक्षित गरि कार्यक्रमको आयोजना गरेका हौ’।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्