अन्तिम पटक कहिले सेक्स गर्नुभयो, फेसबुकले थाहा पाउँछ

Sex Power
लाेकपाटी न्यूज

तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो ? यो कुरा फेसबुकलाई थाहा हुन्छ। यतिमात्र होइन महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले प्रयोग गरेका गर्भनिरोधक साधनहरुको बारेमा पनि फेसबुकले थाहा पाउँछ।

प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एपले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु राख्दछ र त्यसलाई तेश्रो पक्षलाई समेत प्रदान गर्दछ। त्यस्ता तेश्रो पक्ष अर्थात् थर्ड पार्टी सर्भिसहरुमा विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग साइट फेसबुक समेत रहेको छ।

बजफिडको एक रिपोर्ट अनुसार प्राइभेसी इन्टरनेसनलले हालै एउटा अनुसन्धान गरेको थियो। उक्त अनुसन्धानमा पाइए अनुसार महिलाहरुको महिनावारीलाई ट्रयाक गर्ने दुईवटा सबैभन्दा लोकप्रिइ एप Maya / Mia ले फेसबुक सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट थर्ड पार्टी एप्स तथा वेबसाइटसँग आफ्नो प्रयोगकर्ताका यस्ता निजी जानकारीहरु शेयर गर्दछन्।

रिपोर्ट अनुसार यसरी संवेदनशील जानकारी शेयर गर्ने माया एप गुगल प्ले स्टोरमा अहिलेसम्म ५० लाख पटक डाउनलोड भैसकेको छ भने मिया एप २० लाख पटक डाउनलोड भैसकेको छ। एपहरुमार्फत महिलाका गोप्य जानकारीहरु फेसबुकमा शेयर हुने खुलासा भएसँगै यो विषयलाई फेसबुकले गम्भीर रुपमा लिएको छ। उसले यसबारेमा प्राइभेसी इन्टरनेसनल सँग सम्पर्क गरेको बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्