काठमाडौं, २५ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बुधबार (आज) दिउँसो चार बजेका लागि बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि नेकपाको सचिवालय बैठक बस्न लागेको हो। यसअघि ओली सिंगापुरमा रहेको बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक आह्वान गरेका थिए।
नेकपा एकीकरणपछि प्रचण्डको अध्यक्षतामा पहिलो बैठक बसेको थियो। आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित पार्टी एकताका बाँकी विषयमा छलफल हुने जनाइएको छ।



लाेकपाटी न्यूज

