काठमाडौं, २४ भदाै। नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्विर अंकित १००, १००० र २, ५०० दरका सिक्का सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर उनको तस्विर अंकित गरिएका सिक्का सार्वजनिक गरेका हुन् ।
नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि समेत प्राप्त गरेका जोशीले विभिन्न नेपाली नोटहरुमा अंकित चित्रहरुको विगत ४० वर्ष यता सांगोपांगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आएको सुझावको कदरस्वरुप नेपाल राष्ट्र बैंकले उनको तस्विर अंकित सो दरका सिक्का सार्वजनिक गरेको हो ।
अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको शुद्धीकरणमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाल राष्ट्र बैंकले सिक्का पनि सार्वजनिक गरेको स्पष्ट पारे । ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्विर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो ।



लाेकपाटी न्यूज
