कुन मुख लिएर जनताको बीचमा जाउँ प्रधानमन्त्री ज्यू ?

oli_ vs rangamati
लाेकपाटी न्यूज

काठमाडौं, २४ भदौ। सांसद रंगमति शाहीले सरकार आफ्ना कुनै पनि दायित्व निर्वाह गर्न प्रभावकारी रुपमा प्रस्तुत हुन नसकेको बताएकी छिन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद शाहीले सरकारले कुनै पनि क्षेत्रमा प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको आरोप लगाइन्।

साइकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेलसँग कर असुली गर्न नसकेको सांसद शाहीको भनाइ थियो। सांसद शाहीले जनताको बीचमा जाँदा सरकारले गरेका कामबारे प्रश्न सोध्ने गरेको भन्दै आफूसँग जनतालाई दिन कुनै जवाफ नभएको बताइन्।

‘जनताको बीचमा जाँदा कुन मुख लिएर जाने भनेर हामीलाई चिन्ताको विषय भएको छ । जनताको माझ के सन्देश लिएर जाउँ ?’ सांसद शाहीले भनिन्, ‘प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ। टिकट काट्नका लागि आव्हान गर्नुहुन्छ। जनता लाईनमा छन्। जनताले टिकट पाएका छैनन् भनेर जाम कि ? मेलम्चीको पानी बगेर काठमाडौंका खाल्डा खुल्डीमा पानी भरिएको छ। ती खाल्डामा पानी जहाज चलेका छन् भनेर सन्देश लिएर जाँउ कि ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्