आज चिनियाँ विदेशमन्त्री काठमाडौं आउँदै, यी विषयमा हुनेछ छलफल

chiniya wang__yi_
लाेकपाटी न्यूज

काठमाण्डौं, २२ भदौ। चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आइतबार नेपाल आउँदै छन्।बेलुका ५ बजे काठमाडौं आइपुग्ने उनले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

चिनियाँ विदेशमन्त्री यी ले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्ने बताइएको छ। उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारीका क्रममा नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआआई)मा सहयोगसम्बन्धी कार्यादेश र कार्ययोजनाका आधार तय हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोमबार हुने परराष्ट्रमन्त्री स्तरीय द्धिपक्षीय वार्तामा दुई देशबीच भएका सम्झौता र तिनको कार्यान्वयनको अवस्था, अबका सम्भावना, आर्थिक साझेदारी, रेलमार्गलगायतका विषयमा पनि छलफल गर्ने तयारी छ।