वैदेशिक रोजगारीबारे विज्ञापन गर्न विभागको रोक

Baidesik-rojgar
लाेकपाटी न्यूज

काठमाडौं, १९ भदौ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि ल्याएको डिमाण्डको विज्ञापन गर्न रोजगार व्यवसायीलाई आग्रह गरेको छ। वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था अनुसार मात्र ऐन र नियमावलीभन्दा बाहिर गएर कुनै पनि म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन गर्न नपाउने विभागले जनाएको हो।

सञ्चारमाध्यममा जथाभावी विज्ञापन गरेर कामदार झुक्याउने घटना बढ्दै गएको भन्दै विभागले म्यानपावर कम्पनीलाई जथाभावी विज्ञापन गरेर कामदारलाई दुःख नदिन सूचनामार्फत् अपिल गरेको हो ।विभागबाट पूर्व श्रम स्वीकृति नलिइ पत्रपत्रिकामा आकर्षक तलव सुविधा सहितका विज्ञापन प्रकाशित गरेर रोजगारीको खोजीमा रहेका युवालाई भ्रममा पार्ने काम नगर्न भन्दै विभागले म्यानपावर व्यवसायीलाई सचेत गराएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्