पर्यटनमन्त्री भट्टराईलाई सांसद महेश्वर गहतराजकाे ध्यानाकर्षण पत्र (पूर्णपाठ)

लाेकपाटी न्यूज

काठमाडौं, १७ भदौ। नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश्वर जंग गहतराज ‘अथक’ ले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि नेपालगंज विमान स्थालबाट नेपालगंज-दिल्ली उडानका साथै आन्तरिक उडानको सेवा विस्तारका लागि प्रस्ताव गरेका छन्।

संस्कूति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दुई बुद्धे ध्यानाकर्षण पत्र लेख्दै उनले सो प्रस्ताब गरेका हुन्।

धार्मिक एवं प्राकृतिक पर्यटको लागि चीनको मान सरोबर, मुगुको राराताल, प्यूठानको स्वर्गद्धारी, सुदूरपश्चिमको खप्तड र लुम्विनीको केन्द्रवतीको रुपमा रहेको नेपालगंज विमानस्थलबाट भारतको दिल्ली र लखनउ उडानका लागि पहल गर्न माग गरेका छन्।

उनले सिंगो पश्चिमको आर्थिक व्यापारिक र पर्यटकीय विकासको रुपमा यो विमानस्थल ठुलो सम्भावनाका रुपमा रहेकोले आवश्यक सम्भाव्यता अध्ययन गरि उक्त उडानहरु सुरु गर्नु पर्नेमा जोड दिएका छन्। उनले बाँके क्षेत्रका धार्मिक पर्यटको सम्भावना बोकेका स्थलहरुको विकासमा जोड दिन आग्रह गरेका हुन्।