कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ? छैटौंपटक गरियो प्लाज्माफेरेसिस

KP sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, १७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारकाक्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ।

१२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आंकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया शुरु भएको हो।

आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्। प्राप्त जानकारीअनुसार दिन बिराएर गरि राखिएको रगत शुद्धीकरणसँग सम्बन्धित उपचारको क्रम बुधबार सकिनेछ। यसअघि प्रधानमन्त्रीले बिहीबार आराम गरेर शुक्रबार स्वदेश फर्कने कुरा भए पनि शनिबारसम्म लाग्न सक्ने एक चिकित्सकले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्