सिस्टम ह्याक गरेर एटीएमबाट पैसा चाेर्ने थप तीन पक्राउ

Chiniya_Hyakars
नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटपाट गर्दा गर्दै गत असोजमा पक्राउ परेका चिनियाँहरु/ फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडाैं, १६ भदाै। शनिवार एटीएमबाट पैसा चोर्ने चिनियाँ ह्याकर समूहका थप तीन जना पक्राउ परेका छन् । एटीएमबाट पैसा चोर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं प्रहरीले सोमबार ठमेलबाट पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकको बयानका आधारमा उनीहरुलाई केही बेर अघि मात्र ठमेलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए ।

बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोरेर भाग्दै गर्दा आइतबार साँझमा एक जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । याेसँगै शनिवारदेखि काठमाडौंका विभिन्न बैंक ह्याक गरी एटीएम बुथबाट पैसा चोरी गर्ने ९ जना पक्राउ परेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिवार राति चलाइएको अपरेसनमा पक्राउ परेकाविरुद्ध भने बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत, पाटनबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।उनीहरुले शनिवार विभिन्न बैंकका एटीएमबाट करिब दुई करोड रुपैयाँ चोरी गरेको प्रारम्भिक अनुमान गरिएको छ । शनिवार पक्राउ गरिएकाबाट प्रहरी एक करोड २६ लाख बरामद गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्