डोनाल्ड ट्रम्पको ‘ट्रेड वार’ : चीनमा ३० लाखले जागिर गुमाए !

America-China
लाेकपाटी न्यूज

काठमाडाैं, १६ भदाै। गत सालबाट अमेरिका र चीनले एक अर्काका सामानमा अरर्बौं डलरको आयात शूल्क लगाइसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमाथि गलत व्यापरिक गतिविधि र बौद्धिक सम्पत्ति चोरीको आरोप लगाइरहेका छन् ।

हालसालमै जी सात देशको सम्मेलनमा उनले भने, ‘विगत केही महिनामा चीनलाई ठूलो झड्का लागेको छ । त्यहाँ तीस लाखको रोजगारी गएको छ र निकै चाँडै तीस लाख भन्दा धेरैको जाने छ ।’

ट्रेड वारका कारण चीनमा भएको नोक्सानीका बारेमा ट्रम्पको यो अभिव्यक्ति पहिलो भने होइन । गत हप्ता पनि उनले भनेका छन्,‘चीनमा निकै कम समयमा पच्चिस लाख जनाले जागिर गुमाएका छन् ।’

ह्वाइट हाउसले हङकङस्थित अखबार साउथ चाइन मर्निङ पोस्टमा जुलाइमा छापिएको एक लेखलाई आधार मानेको छ ।

यो लेख चीनको निवेश बैंक चाइना इन्टरनेशनल क्यापिटल कर्प ९सीआईसीसी० लाई आधार मानेर लेखिएको दाबी गरिएको छ । जसले जुलाई २०१८ मे २०१९ को बीच म्यानुफ्क्चरिङ सेक्टरमा ट्रेड वार का कारण १९ लाखको रोजगारी गएको जनाएको छ ।

अमेरिका चीन ट्रेड वारको कारण चीनमा जागिर जाने कुनै आधिकारीक आँकडा उपलव्ध छैन । तर दुई चिनियाँ बैंकको आर्थिक सर्वेक्षणहरुका अनुसार औद्योगिक क्षेत्रमा १२ देखि १९ लाख नोकरीमाथि असर परेको छ । आयात शूल्कमा भएको वृद्धिले चीनको उत्पादन क्षेत्रमा असर परेको छ । –एजेन्सी