सरकारले आर्थिक वृद्धिसँगै प्रशासनिक काममा इतिहासमै फड्को मार्‍यो : मन्त्री पण्डित

lalbabu pandit
लाेकपाटी न्यूज

काठमाडौं, १५ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा इतिहासमै फड्को मारेको दाबी गरेका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले ७ प्रतिशतको वृद्धिद्धर हाँसिल गरेर इतिहाँसमा फड्को मारेको बताए।त्यस्तै, प्रशासनिक रुपमा पनि अति छिटो काम भएको उनको दाबी छ। उनले भने,‘कर्मचारी समायोजनको कुरा भन्नुहोस् वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौं।’

उनले वर्तमान सरकार संविधानअनुसार ऐन, कानून बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको बताए। उनले भने,‘हामी आईपरेका समस्याहरु समाधान गर्दै अघि बढिरहेका छौं। नयाँ परिवर्तन तुरुन्तका-तुरुन्त सबै कुरा एकैचोटी हुँदैन । यसको लागि समय लाग्छ ।

रातारात सबै काम हुँदैन् । एकै दिनमा, एकै रातमा सबै कुरा व्यवस्थित् हुँदैन्।’ मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकोले कानून निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए। उनले विश्वका कुनै पनि मुलुक जो केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तिव्र गतिमा काम गरेको ईतिहाँस नभएको जिकिर गरे । यद्धपी उनले जनताले चाहेकोजस्तो र उनीहरुको भावनाअनुसार काम भने हुन केही समय लाग्ने विश्वास दिलाए । उनले भने,‘जनताको चाहनाअनुसार अब काम अघि बढ्छन् ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्