मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्य तथा सांगीतमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा सफलता पाइनेछ। आँटेको कार्य पूरा हुनेछ। लाभदायक यात्रा पनि रहला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले विभिन्न अवसर जुराउनेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। सरकारी निकाएको भय रहला। व्यवसायमा मन्दी आउनेछ। खर्चिलो यात्रा रहला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। राजनीति अधिकारमा सफलता मिल्नेछ। रोकिएको धन पाइएला। मानसिक शान्ति मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। अरुको मन जित्न सकिनेछ। दिनको उत्तरार्ध सुखद रहनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अचल सम्पत्ति हात पर्ने योगछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीको सहयोग पाइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक क्षेत्र कमजोर रहला। सामान हराउने वा चोरी हुने भयछ। विचार गरेर निर्णय लिनु उचित हुनेछ। पारिवारिक समस्या आइपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सम्पादनमा सहजता मिल्नेछ। अधुरो काम बन्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) श्रमको उचित मुल्याङ्कन हुनेछ। स्वादिष्ट भोजन पाइनेछ। व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) पदोन्नतीको सम्भावना प्रवल छ। नयाँ कार्यको थालनी हुनेछ। राज्यबाट सहयोग मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सानो तिना समस्यामा अल्झिनुपर्नेछ। गलत निर्णय लिन पुगिएला। घर परिवारमा झैँ–झमेलाको अवस्था आउला। लगानी डुब्ने भयछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ। आय आर्जनमा सुधार आउनेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।



लाेकपाटी न्यूज
