भरतपुरमा गाडी दुर्घटना, एक गम्भिर घाइते

Accidents
लाेकपाटी न्यूज

चितवन, १३ भदौ। नारायणगढबाट माडीका लागि छुटेको ना. ५ ख २१४० नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २ जना घाईते भएका छन्।

सडक छेउमा रोकिराखेको ना. ५० प ४४४२ नम्बरको मोटरसाईकललाई बसले अचानक ठक्कर दिँदा भरतपुर ७ तेह्रसाल चोक नजिक दुर्घटना भएको हो।

घाइते मध्ये चालकको अवस्था गम्भिर रहेको चितवन प्रहरीले जनाएको छ। घाइते चालक र एक यात्रुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्