ज्येष्ठ नागरिकलाई छुट दिन सकिन्नँ : वायुसेवा सञ्चालक

senior_citizen pic
लाेकपाटी न्यूज

काठमाडौं, १२ भदौ। आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने नीजी हवाई सेवा प्रदायकहरुले जनाएका छन्।

निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो। यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन्।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्यान्वयन गर्न खोजेको अन्तरिक भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नसकिने स्पष्ट गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्