मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सरकारी निकाएको भय रहला। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। अविश्वाश उत्पन्न हुनेछ। घर परिवारमा झैँ–झमेलाको अवस्था आउला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकाएको भय रहला। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। अविश्वाश उत्पन्न हुनेछ। घर परिवारमा झैँ–झमेलाको अवस्था आउला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तसँग भेटघाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। स्वादिष्ट भोजन पाईनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। शुभ समाचार सुन्न पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्न लागेको काम बिग्रिनेछ। सामान हराउने वा चोरी हुने भयछ। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जोश जाँगर र हिम्मत बढ्नेछ। आकस्मिक धन लाभ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। अचल सम्पत्ति हात पर्ने योगछ। आँटेकोे र ताकेको कार्य पुरा होला। कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। रोकिएको धन पाइएला। अतिथिको रूपमा सत्कार पाइनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ तर, ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। प्रेममा बाधा पनि रहला।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइएला। परिवारिक सद्भाव बढ्नेछ। व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी हुनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। पदोन्नतीको सम्भावना प्रवलछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ।



लाेकपाटी न्यूज
