तीन मिनेटमा वास्तविकता सार्वजनिक गर्दै थिएँ, प्रहरीले नियन्त्रणमा लियो : रवि लामिछाने

Rabi
लाेकपाटी न्यूज

चितवन, १० भदौ । आत्महत्या दुरुत्साहन मुद्दाबाट धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले शालिकराम पुडासैनी आत्महत्याको वास्तविकता सार्वजनिक गर्न लागेको बेला आफूलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। प्रहरी हिरासतमा रहेको बेला बाहिरबाट सहयोग गर्नेलाई धन्यवाद दिनको लागि मंगलबार नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा बोल्दै लामिछानेले यस्तो बताएका हुन्।

चितवन जिल्ला अदालतबाट सोमबार साँझ रिहा भएका लामिछानेले भने ‘पुडासैनी आत्महत्याको विषयमा ३ मिनेटमा आफूले टेलिभिजनको कार्यक्रमबाट सार्वजनिक गरेर प्रष्ट पार्न लागेको कार्य पूरा हुन सकेन त्यही बेला प्रहरीले नियन्त्रणमा लियो।’ घटनाको वास्तविक अवस्थाको बारेमा अदालतले टुंगो लगाउने भएकाले अदालतले दिएको दायरामा आफू रहेर मात्र काम गर्ने बताए।

नेपालको झण्डालाई साक्षी राखेर भन्दछु एउटा मुद्दामा मात्र अदालतले नबोल भनेको हो अन्य लाखौं अन्य मुद्दा छन् त्यस विषयमा आफूले बोल्न नछाड्ने बताए। आफूले भ्रष्टाचारको विषयमा बोलेको र उ त्यही कारणले नाङगिएर रविले रार्वजनिक गरेको कारण म मर्न वाध्य भए भनेर सुसाइड नोट लेखेर मरेमा पनि आफूलाई असर नगर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्