काठमाडौं, १० भदाै । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले घाटाको नीति नलिने बताएका छन् । उनले व्यवसायीले घाटाको व्यापार नगरेजस्तै सरकारले पनि घाटाको नीति नलिने बताएका हुन् ।
मंगलबार नाडा अटो शो २०१९ को उद्धघाटन गर्दै उनले भने, ‘तपाईहरु जसरी घाटाको व्यवसाय गर्नुहुन्न । त्यसरी नै राज्यले पनि घाटाको नीति लिँदैन। राज्यको नीति पनि लाभ लाभ कै हुन्छ ।’ उनले थपे, ‘१० प्रतिशत पनि मूल्य अभिवृद्धि नहुने सामान ल्याएर २८० प्रतिशत सम्मको राजश्व गुमाउनु पर्ने नीति सरकारले लिन सक्दैन।’
त्यस्तै अर्थमन्त्री खतिवडाले अटो व्यवसायीहरुलाई सरकारलाई छल्ने काम नगर्न समेत आग्रह गरेका छन् । विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा भन्सार र अन्तशुल्क छुट दिएको तर कतिपयले ब्याट्रीबाट स्टार्टमात्र हुने गाडीहरु आयात गर्न खोजेको गुनासो गरे । अर्थमन्त्री खतिवडाले ब्याट्रीबाट स्टार्ट हुने तर पेट्रोलबाट सञ्चालन हुने गाडीलाई हाइब्रिड मान्न नसकिने स्पष्ट पारेका छन् ।



लाेकपाटी न्यूज

