काठमाडाैं, ९ भदाै। पाँच लाख धरौटीसहित तारिखमा रिहा भएपछि रवि लामिछानेका समर्थकहरुले चितवनमा खुसीयाली मनाएका छन् ।अदालतले रिहा गरे लगत्तै लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका हुन्।
रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उनको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुसीयाली व्यक्त गरिरहेका छन् ।
जिल्ला अदालत चितवनको परिसरमा पनि ठूलो संङख्यामा समर्थहरु स्वागतका लागि उपस्थित भएका छन् ।



लाेकपाटी न्यूज
