चितवन, ९ भदौ। आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको वयान आज (सोमबार) हुने भएको छ। तीन जनामध्ये एक जना अस्मिता कार्कीको बयान आइतवार सकिए पनि रवि र युवराज कंडेलको बयान भने समय अभावका कारण अदालतले सोमबारको लागि सारेको थियो।
आइतवार प्रहरीले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै दुरुत्साहन मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो। प्रहरी प्रतिवेदनको अध्यनपछि सरकारी वकिलले जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो।
मुद्दा दर्ता भएपछि अदालते बयान लिन सुरु गरेको थियो । तर हिजो समय अभावका कारण अस्मिताको मात्र वयान सकिएका कारण रवि र युवराजको बयान सोमारका लागि सरेको थियो। सोमबार बयान सकिएसँगै थुनछेक बहस शुरु हुनेछ। जसमा साधारण तारेखमा छोड्ने, धरौटीमा छोड्ने वा थुनामै राखेर मुद्दाको पूपक्र्ष गर्ने फैसला अदालतले गर्ने छ।



लाेकपाटी न्यूज

