मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। विद्यामा पनि सफलता पाइनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्ति छाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। नयाँ कामको थालनी हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रामा मालसामान हराउन सक्छ। मनमा निरासा र शरीरमा आलस्य आउला। मनमा अविश्वाश उत्पन्न हुनेछ। प्रेममा मनमुटाव आउला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध कसिलो हुनेछ। रमणीय र सुखद् यात्राको योग छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन्। परिवारमा सुख सन्तोष छाउला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विद्या र बुद्धिको विकास हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दुविधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आर्थिक कारोवारमा मन्दी आउनेछ। कार्यमा व्यवधान आइपर्ला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) सुख, दुख बरावरी मध्यम खालको दिन छ। ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशिष्ठ व्यक्तिको साथ पाईनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कार्यमा सफलता पाईनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साना तिना समस्यामा अल्झिनुपर्नेछ। स्वास्थ्यमा समस्या आउला। अनावश्यक धन खर्च हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।



लाेकपाटी न्यूज
