आइतबारको भाग्यफल : यी राशिका लागि शुभ छ

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आज शुभकार्यको चर्चा चल्नेछ।  अकस्मात धन सम्पत्ति हात पर्नेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  जोश जाँगर र हिम्मत बढ्नेछ।  दैनिक कार्यहरूमा प्रगति हुनेछ। रमणीय र सुखद् यात्राको योग छ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।  प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला। बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  पारिवारिक सद्भाव बढ्नेछ।  आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्।  ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंशा गर्नेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।  व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। तिर्थाटनको योगछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ।  अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  आज आकस्मिक धनलाभ हुनेछ।  काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन्। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। पारिवारिक सहयोग मिल्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)  शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। घरमा अतिथीको आगमन हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  गरेको काममा ढिलासुस्ती हुनेछ। विचार गरेर निर्णय लिनु उचित होला। दबाब र तनाव बढेको महसुस हुनेछ। पारिवारिक समस्या आइपर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)  मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। स्वादिष्ट भोजनपनि पाइनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्