बुटवल, ७ भदाै। गएराति छिमेकमा तीजको रमझममा पुगेका दाङ्गका एक व्यक्ति शनिबार बिहान पानीको तलाउमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।
बिहान पौने ९ बजेको समयमा मानव निर्मित तलाउमा डुबेको अवस्थामा घोराही उपमहानगरपालिका–१८ गिठेपानीका ५० बर्षीय देउचन रोका मृत फेला परेको दाङ्गका प्रहरी प्रवक्ता डीएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
‘उनी गएराति साँझ छिमेकमा तीजको गीत नाच हेर्न गएको भन्ने बुझिएको छ । उनको मृत्यु शंकास्पद देखिएको छ,’ डीएसपी शाहले भने, ‘यस घटनाबारे गम्भिर अनुसन्धान गरिनेछ ।’


लाेकपाटी न्यूज

