कास्की, ६ भदाै। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कास्की इञ्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ र पत्रकार ओम हमाल पक्राउ परेका छन् । उनीहरुलाई कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट पक्राउ गरेको हो ।
रुपेश र हमाललाई पोखरा ल्याइँदै गरेको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । हमाल नेकपा विप्लव निकट क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य र गण्डकी प्रदेश संयोजक हुन् । हमाल जनसञ्चार डट कमका सम्पादक पनि हुन् ।
गत फागुनमा सरकारले विद्रोही नेकपालाई प्रतिवन्ध लगाएपछि देशैभरि नेकपा कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।



लाेकपाटी न्यूज

