शुक्रबारको भाग्यफल : कुन राशिका लागि कति लाभदायी ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आतिथ्यपूर्ण सम्मान पाइएला। वैदेशिक कार्य अघि बढ्नेछ। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। कुविचारमा मन जाला। नजिकको व्यक्तिबाट धोका पाईन सकिनेछ सचेत रहनुहोला।  मन कमजोर पनि रहला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम र मित्रताको बन्धन कसिने बेला छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ कार्यको योजना बन्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम सम्बन्ध कसिलो होला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बौद्धिक काममा सफलता मिल्नेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कामको थालनी हुनेछ। धार्मिक यात्राको योगछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। अचल सम्पत्ति हात पर्ला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजनैतिक कार्यमा बाधा आउनेछ। नाक तथा घाँटीमा समस्या आउला। सामान हराउने योग छ। अभिभावकको आशीर्वादले काम गर्न सकिन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्य सफल रहनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। श्रमको उचित मुल्याङ्न हुनेछ। दिनको उत्तरार्ध बढी सुखद् रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधुरो काम पूरा हनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आम्दानी प्रशस्तै बढ्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।  आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला।महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।  घर परिवारमा झै–झमेलाको अवस्था आउला।  फलदायी यात्रा नहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ सवारी साधन प्राप्तिको योग छ।  राजनैतिक कार्यमा सफलता मिल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। शुभकार्यको चर्चा चल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्