काठमाडौं। दाँतले खानेकुरा चपाउन, टोक्न तथा लुछ्नका लागि सहयोग पुग्छ। दाँत बिना खानेकुरा खान मुस्किल हुन्छ। त्यति मात्रै होइन सुन्दर दाँतले मानिसको व्यक्त्तित्वसमेत झल्काउँछ।
दाँतको सुन्दरता कायम राख्न सकिएन भने विशेष गरेर स्कुले केटाकेटीमा बांगोटिङ्गो दाँतकै कारण साथीभाइले जिस्क्याउने, ठुलो भइसक्दा आत्मविश्वासको कमी एवं सभा भिडभाडमा मुख छोपेर हाँस्ने बोल्ने समस्याले पिरोलेको देखिन्छ।
तर हामीले मुख स्वास्थ्यमा दाँतमा खासै वास्ता गर्दैनौं। दातमा किरा लाग्ने एवं गिजामा समस्या भई सुन्निने, रगत आउने गर्छ। खान तथा चपाउन लगायत जबडाको जोर्निमा समस्या हुने लगाएतका समस्याहरु आउन सक्छन्। त्यसैले जसरी अरु अंगको हेरचाह गर्छौं। त्यसरी नै दाँतको हेरचाह गनु आवश्यक छ।
दाँत कसरी स्वस्थ राख्ने भन्ने विषयमा वास्ता नगर्दा दाँतमा विभिन्न रोग लाग्छ। दाँत भन्नेबित्तिकै दाँत कसरी माझ्ने, कस्तो ब्रशको प्रयोग गर्ने, कति समय ब्रस गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ। दाँतलाई लामो समयसम्म घोटेर माझ्छौ, त्यसरी माझ्दा हाम्रो दाँतको गुणस्तरमा ह्रास आउँनुका साथै दाँत खिइन सक्छ।
दाँतलाई कसरी स्वस्थ्य राख्ने ?
- बिहान बेलुकी खाना खाइसकेपछि ठुला साना सबैले राम्रो तरिकाले मिलाएर दाँत माझ्ने गर्नुपर्छ।
- दाँत माझ्दा थोरैमा २ मिनेट र बढीमा ३ मिनेटसम्म मात्र माझ्ने।
- दाँत माझ्दा सबै ब्रशलाई तलमाथि गरेर गर्ने।
- दाँत माझ्दा कहिल्यै ब्रस घोटेर गर्नुहुँदैन।
- गुलियो र टाँसिने खाना कम खानुका साथै खानेकुरा खानेबित्तिकै मुख कुल्ला गर्ने वा ब्रस गर्ने।
- सधैँ फ्लोराइडयुक्त मन्जनको प्रयोग गर्ने।
- हरेक ३–३ महिनामा ब्रश फेर्ने।
- ब्रश सधैँ सफा र नरम हुनुपर्छ।
- दाँतमा खाना अड्केमा विशेष किसिमको धागोले निकाल्ने गनुपर्छ।
- दाँत कहिलै सिन्काले कोट्याउँनु हुँदैन।
- सधैँ ताजा र पोसिलो खानेकुरा खाने।
- हरेक ६–६ महिनामा दाँत परिक्षण गर्ने।
- दाँत किरा लागेको वा बिग्रेको शंका लाग्नेबित्तिकै तुरुन्तै दन्त चिकित्सकलाई देखाउने।



लाेकपाटी न्यूज

