रवि समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा : नेकपा (विज्ञप्ति)

Rabi-Lamichhane-1
लाेकपाटी न्यूज

काठमाडौं, ४ भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कार्यालयले आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछाने समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा भएको जनाएको छ ।

अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको आवरणभित्र गणतन्त्र विरोधी, परिवर्तन विरोधी, पुनर्उत्थानवादी तत्व लगायतकाहरु आफ्नो कुत्सित मनसाय परिपूर्ति गर्न घटनालाई अनावश्यक रुपमा उछाल्ने, अराजकता सिर्जना गर्ने र समग्र परिवर्तनमाथि धावा बोल्दै प्रतिगामी हर्कतमार्फत नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र यसको मूल नेतृत्वलाई कमजोर तुल्याई समग्र परिवर्तनलाई उल्ट्याउन खोज्ने गलत उद्देश्यबाट संचालित कथित विरोध प्रदर्शन धमिलो पानीमा माछा मार्ने प्रतिक्रियावादी र घोर दक्षिणपन्थी गतिविधि सिवाय अरु केही पनि होइन ।’

घटनाकाे अनुसन्धान नै हुन नपाई यस्ता खालका गतिविधि गर्नु परिवर्तनमाथिकाे धावा भएकाे नेकपा काठमाडाैंले जनाएकाे छ। साथै नेकपाले अनुसन्धानलाई नै असर पर्ने गरीका यस्ता गतिविधि नगर्न आग्रह समेत गरेकाे छ।

विज्ञप्ति