बारा, ४ भदौ। महागढिमाइ नगरपालिकाले श्रीगढिमाइ मन्दिर सञ्चालन तथा विकास समितिलाई बेवास्ता गर्दै आमसभा बोलाएको छ। उच्च अदालतको आदेश विपरीत नगरपालिकाले समितिको आमसभा बोलाएको हो।
महागढिमाइ नगरपालिकाको कार्यालयले श्रीगढिमाइ मन्दिर सञ्चालन तथा विकास समितिलाई विपक्षी बनाएर मुद्दा हालेको थियो। उक्त मुद्दामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले समितिको निर्वाचन गराउन आदेश दिएको थियो।
आदेश अनुसार समितिको २०७६ मसान्तभित्र निर्वाचन गराएर नयाँ समिति चयन गर्नु पर्ने छ। तर महानगढिमाइ नगरपालिकाले समितिलाई बेवास्ता गर्दै तानाशाह शासकहरूले जस्तो आमसभा बोलाएको आरोप लगाएका छन्।
समितिका सदस्यहरूले अदालतको आदेश विपरीत समितिलाई बेवास्ता गर्दै नगरपालिकाले एकलौटी रूपमा आमसभा बोलाएको आरोप लगाएका हुन्।




लाेकपाटी न्यूज

