सर्वदलीय बैठक बालुवाटारमा शुरु, माधव नेपाल अनुपस्थित !

लाेकपाटी न्यूज

काठमाडौं, ३ भदाै। सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ । संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकको टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सर्वदलीय बैठक शुरु भएको हो ।

बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिष्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ सहभागी छन् ।

प्रमूख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी भएका छन् ।

यस्तै समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् भने राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी छन् ।  बैठकमा नेकपाका नेता माधवकुमार नेपाल भने उपस्थित भएका छैनन् ।