आन्दोलनबारे गलत सूचना प्रवाह भएपछि सामाजिक संजालमा कडाई

hangkang pic
लाेकपाटी न्यूज

काठमाडौं, ३ भदौ । हङकङमा जारी सरकार विरोधी आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले सयौं अकाउण्ट बन्द गरिदिएको छ। आन्दोलनकारीलाई भ्रममा पार्न चीन सरकार निटक स्रोतहरुले अफवाह फैलाएको भन्दै त्यस्ता अकाउण्ट बन्द गरिएको फेसबुक र ट्वीटरले जनाएका छन्।

ट्वीटरले चीनबाट सञ्चालित सयौं अकाउण्टमा हङकङ आन्दोलनबारे गलत सूचना प्रवाह गरेको प्रमाण भेटेको भन्दै ९ सय ३६ वटा अकाउण्ट बन्द गरिदिएको हो। ट्वीटरको यो कदमपछि फेसबुकले पनि त्यसबारे छानबिन गरेको जनाएको छ।

आन्दोलन मत्थर पार्न चिनियाँ स्रोतहरुले सामाजिक सञ्जाललाई गुमराहमा राख्न खोजेको निष्कर्ष ट्वीटर र फेसबुकले निकालेका हुन्। फेसबुकले सात वटा पेज, तीन वटा फेसबुक च्याट समूह र पाँच वटा अकाउण्ट बन्द गरेको बिबिसीले जनाएको छ।