विमानस्थलमा पारसको दुर्व्यवहार : प्रहरीले थाल्यो छानविन

parash
लाेकपाटी न्यूज

काठमाडौं, २ भदाै। पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी कक्षको सुरक्षार्थ खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको विषयमा प्रहरीले छानविन थालेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई आइतबार शाहले दुर्व्यवहार गरेका थिए ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएपछि छानविन सुरु भएको हो । ‘अलिकति धक्का दिएको त भिडियोमै देखिएको छ । तर, मैले विमानस्थल प्रहरीलाई के हो विवरण चाहियो भनेर भनेको छु’, रानीपोखरीका प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले भने, ‘विमानस्थल प्रहरीले रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’

दुर्व्यवहारमा परेका सई खत्रीले भने अहिलेसम्म पारसविरुद्ध उजुरी दिएका छैनन् । उजुरी परे आवश्यक रुछानविन गरि कारवाही गरिने प्रहरी स्राेतले बताएकाे छ ।

आमा कोमल शाहलाई बैंककका लागि विदाइ गर्न पारस आइतबार स–परिवार विमानस्थल पुगेका थिए । उनीसँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह पनि विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्