मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ।
वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पुनर्मिलनको योग रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुविधा उत्पन्न हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। साझेदारीको काममा उल्झन आउँनेछ। साँझपख शुभ समाचार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिश्रम गर्दा धनार्जन हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। शेयरको कारोवारबाट सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमणीय र सुखद् यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। शत्रु पराजित हुनेछन्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा समस्या आउनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। दबाब र तनाव बढेको महसुस हुनेछ। अनावश्यक यात्रा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नसोचेको ठाउँबाट धनागम हुनेछ। मनोरञ्जनमा सहभागीता भइएला। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। आर्थिक कारोवारमा सफलता पाइएला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक तथा संस्कृति क्षेत्रमा रुची बढ्नेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। विपरीत वर्गप्रति आकर्षण पनि बढ्नेछ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साथीभाईसँग समय बित्नेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। भूमिबाट लाभ रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यात्रामा मालसामान हराउन सक्छ। गलत निर्णय लिन पुगिएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। चोटपटकको भयछ सचेत रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण कामको थालनी हुनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। डेकोरेसनको क्षेत्रमा पर्याप्त लाभ मिल्नेछ।



लाेकपाटी न्यूज
