काठमाडौं। नेकपाका सांसद झपड रावलले सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने कानून बनाउन प्रस्ताव गरेका छन् । बुधबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा ऐनको दफावार छलफलका क्रममा बोल्दै रावलले सो प्रस्ताव गरेका हुन् ।
उनले कार्यालयको सम्पत्ति, समय र सेवालाई व्यक्तिगत ढंगले प्रयोग गर्ने कर्मचारीलाई कारवाहीको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘कर्मचारीहरु कार्यालयको काम छोडेर फेसबुक चलाएर बसेका हुन्छन् । कोही अधिकृतको तयारी गरेर बसेका हुन्छन् । कर्मचारीले कार्यालयको फोटोकपिदेखि पेन्सिल इरेजरसम्म पनि व्यक्तिगत कामको लागि प्रयोग गर्न नपाउने व्यवस्था गरौँ ।’
उनले एउटा खरिदारले काठमाडौँमा ३ वटा बङ्गला खरिद गर्छ भने उसको सम्पत्ति छानबिन हुनुपर्ने पनि बताए। समय–समयमा कर्मचारीको सम्पत्ति विवरण अपडेट गर्ने व्यवस्था गर्न समेत उनले माग गरेका छन्।



लाेकपाटी न्यूज

