वर्षमान र कुलमानको प्रगति : विद्युत प्राधिकरणको नाफा कति अर्ब ?

kulman- barshaman pun
लाेकपाटी न्यूज

काठमाण्डौं, २८ साउन । नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ। सिंहदरबारमा मंगलबार भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा भएको बताए।

आर्थिक वर्ष २०७४र७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो। यो तुलना गर्दा २०७४/७५ मा भन्दा १४९ प्रतिशतले धेरै हो। गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ। यस्तै चुहावट पनि १५.३२५ मा झरेको छ। यो अघिल्लो वर्ष भन्दा ५.१३ प्रतिशतले कमी हो। आव २०७४/७५ मा चुहावट २०.४५५ रहेको थियो।

यस्तै गत वर्ष ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएको छ। यसमध्ये प्राधिकरणको ३४५,निजी उत्पादकको २९५ र भारतबाट ३७ प्रतिशत आयात भएको छ। यस्तै अहिलेसम्म ७८५ अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ। गत वर्ष मात्रै १०५ ग्राहक बढेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्