प्रदेश युवा परिषद् गठन हुन्छ : मन्त्री दुलाल

yubraj-Dulal
रासस न्यूज

काठमाडौं, २७ साउन। प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले चालू आर्थिक वर्षमा नै प्रदेश युवा परिषद् गठन गर्ने बताएका छन्।

२० औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयद्वारा सोमबार आयोजित ‘प्रदेश युवा विकाससम्बन्धी नीति तथा कार्यक्रम’ सम्बन्धी छलफलमा उनले भने, “प्रदेश युवा परिषद् गठन सम्बन्धी कानून निर्माणको चरणमा रहेको छ ।”

मन्त्री दुलाले युवाहरुले आफूसँग जे विज्ञता छ त्यसमा नै काम गर्नुपर्ने बताउँदै युवाको अधिकार प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए। सामाजिक विकाश मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले युवाको क्षेत्रमा काम गर्नका लागि आफूहरु तयार रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्