अमेरिकी सैनिक मारिए

usa pic
लाेकपाटी न्यूज

वाशिङ्टन, २७ साउन। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौ सैनिक मारिएको पुष्टि गरेको छ। इराकको निनिवाह प्रान्तमा भएको सुरक्षा कारवाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

शनिबार कारवाहीका क्रममा ती सैनिकको मृत्यु भएको पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।उनलाई विद्रोहीले हत्या गरेको अनुमान गरिएको सो विज्ञप्तिमा जनाइएको छ।विज्ञप्तिमा उक्त प्रान्तको कुन स्थानमा ती सैनिक मारिएका हुन् भन्ने बारेमा केही बताइएको छैन। त्यस दिन इराकी सुरक्षा फौजले सो स्थानमा विद्रोहीका विरुद्ध सुरक्षा कारवाही गरेको बताइएको थियो।

त्यस क्रममा विपक्षबाट भएको आक्रमणमा आफ्ना नौसेनाको ज्यान गएको अमेरिकाले जनाएको छ।यस विषयमा त्यस विद्रोही समूहका तर्फबाट भने कुनै भनाई आएको छैन।