न्यूज ट्याब ल्याउने फेसबुककाे तयारी, के हो न्यूज ट्याब ?

Mark Zuckerberg
लाेकपाटी न्यूज

काठमाडाैं । प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले पठनीय सामाग्री मात्र प्रकाशित गर्नका लागि यसै वर्ष न्युज ट्याब फिचर ल्याउँदै छ। सीएनइटीका अनुसार विश्वलाई समाचार र सूचनामूलक सामाग्री प्रदान गर्नका लागि फेसबुकले न्युज ट्याब ल्याउन लागेको हो।

फेसबुकले आफ्नो न्युज ट्याबमा गुणस्तरीय समाचार तथा समाग्री प्रदान गर्नका लागि एबीसी न्युज तथा वासिङ्टन पोस्टजस्ता विश्वसनीय संचारमाध्यमसँग सहकार्य गर्ने प्रयास गरिरहेको द वाल स्ट्रिट जर्नलले जनाएको छ।

फेसबुकले प्रकाशकसँग ३० लाख अमेरिकी डलरको प्रस्ताव गरेको पनि जनाइएको छ। यस न्युज ट्याब फेसबुकभित्रको एक हिस्सा हुनेछ। न्युज ट्याब प्रयोगकर्ताले निःशूल्क प्रयोग गर्न सक्नेछन्।

फेसबुकमा मिश्रित किसिमका सामाग्री पाइन्छन्। विभिन्न पेज तथा ग्रुपका कारण फेसबुकले गुणस्तरीय सामाग्री भुल्दै गएको आरोपकाबीच फेसबुकले न्युज ट्याब लन्च गर्न लागेको हो। यहाँ गुणस्तरीय सामाग्री मात्र पाइने छ। – एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्