कार्यक्रम बिथाेल्ने वडाध्यक्षसहित ७ पक्राउ

Arrest pic
लाेकपाटी न्यूज

काठमाडौं, २५ साउन। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्घाटन गर्न लागेको एक कार्यक्रम बिथोलेपछि बाराको परवानीपुर गाउँपालिका–५ का वडाअध्यक्ष रामेश्वर शाह कलबारसहित ७ जना पक्राउ परेका छन् ।

आफ्नो वडा (नौतन) मा निर्माण भएको धर्मशालाको उद्घाटन कार्यक्रममा आफूलाई प्रतिनिधित्व नगराएको भन्दै कार्यक्रम बिथोल्न खोजेपछि वडाअध्यक्ष कलबारसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए ।

तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडाअध्यक्ष रामेश्वर कलबार, अनेरास्ववियु क्रान्तिकारीका नेता विवेक गुप्ता, हरिशंकर गुप्ता र रुपेश गुप्ता पक्राउ परेको उनले बताए ।

धर्मशाला निर्माणको क्रममा व्यापक अनियमितता गरेको भन्दै वडाअध्यक्ष कलबारको आरोप छ । मन्त्री सोनलको ठाडो आदेशमा विरोधमा उत्रनेलाई पक्राउ गराएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्