काठमाडौं, २५ साउन। प्रदेश नं ३ सरकारको सहयोगमा काठमाडौँ महानगरपालिका–१६ म्हैपीमा जडान सिसि क्यामरा तथा नवनिर्मित शौचालयको शनिबार उद्घाटन कार्यक्रम गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमूख विद्यासुन्दर शाक्यले बटन थिचेर साे काे उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमूख विद्यासुन्दर शाक्य, प्रदेशसभा सदस्य बसन्त मानन्धर र वृत्त प्रमूख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरको उपस्थिति रहेको थियो । त्यसपश्चात् महानगरपालिकाका प्रमूख शाक्य र प्रदेशसभा सदस्य बसन्त मानन्धरले आ–आफ्नो मन्तव्य राखे।
प्रदेश नं ३ सरकारको सहयोगमा जडान गरिएको सिसी क्यामरा निरीक्षण राख्नका लागि महानगरीय प्रहरी वृत्त लैनचौरसँग सम्झौता भएकाे छ। सम्झौतापछि प्रदेशसभा सदस्य बसन्त मानन्धर र वृत्त प्रमूख प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले सम्झौतापत्र हस्तान्तरण गरेका छन्।



लाेकपाटी न्यूज

