एजेन्सी। गूगलको एन्ड्रोइडलाई टक्कर दिन हुवावे टेक्नोलोजीले शुक्रबार ‘हार्मोनी ओएस’ नामक अपरेटिङ प्रणाली सार्वजनिक गरेको छ। हुवावले हामोनी ओएस सार्वजनिक गरेसँगै यसले एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ।
यसका साथै अपरेटिङ सिस्टमका लागि अमेरिकी प्रविधिमा रहेको निर्भरता पनि घट्ने बताइएको छ। हार्मोनी ओएस सार्वजनिक गर्दै हुवावेका कन्जुमर बिजनेसतर्फका सीईओ रिचडए यूले यो अपरेटिङ सिस्टममा स्मार्ट स्पिकर भएको बताए।
सीईओ यूका अनुसार यो सेन्सरमैत्री पनि रहेको छ। त्यसैले यो प्रणाली विभिन्न डिभाइसहरुमा प्रयोग गर्न सकिने पनि उनले बताए। यो अपरेटिङ सिस्टम स्मार्टफोनदेखि स्मार्ट स्पिकर र सेन्सरसम्म प्रयोग गर्न मिल्ने उनले बताए। सीईओ यूका अनुसार हार्मोनी ओएस माइक्रोकेर्नलमा आधारित रहेको छ। अर्थात कमभन्दा कम संसाधानको प्रयोग गरेर अपरेटिङ स्पीड बढाउन सकिन्छ। यसमा आर्क कम्पाइलर पनि रहेको छ। जसले सहयोगमा सी, सी प्लस, जाभा स्क्रिप्ट तथा कोटलिनजस्ता बडी ल्याङ्ग्वेजलाई समेत सपोर्ट गर्दछ।
बेला–बेलामा चीन–अमेरिकाबीचको व्यापारिक सम्बन्धमा उतारचढाव आउँदा हुवावेले समस्या भोग्दै आएको छ। यसअघि हुवावेलाई गूगलले एन्ड्रोइड प्रयोग गर्न नदिने बताएको थियो। त्यसैले पनि उसले आफ्नै अपरेटिङ प्रणालीको विकास गर्ने बताएको छ।




लाेकपाटी न्यूज

