सेक्सले बुढ्यौली रोक्दछ, छालाको सुन्दरता बढाउँछ

best-sexy-couple
लाेकपाटी न्यूज

काठमाडौं। सधैं आकर्षक देखिने चाहना सबैलाई हुन्छ। तर कसरी ? बेलायतका शोधकर्ता डाक्टर डेभिड विक्सले मानिसमा छिटै आउने बुढोपनालाई कसरी रोक्न सकिन्छ र तन्नेरीपनालाई कसरी लामो समयसम्म कायम राख्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका छन्।

उनका अनुसार महिला र पुरुषमा जवानीलाई लम्बाउने एउटा महत्वपूर्ण उपाय नियमित सम्भोग हो। नियमित सेक्सले युवाअवस्था पार गरेका महिला र पुरुष दुवै ५ देखि ७ वर्ष कम उमेरको देखिने उनको भनाइ छ। उनका अनुसार सहवासका दौरानमा शरीरबाट निस्कने हर्मोनले बुढ्यौलीलाई कम गर्न सहयोग पुर्याउँछ।

उनले अध्ययनका क्रममा सेक्सले छालाको सुन्दरता बढाउने पनि दावी गरेका छन्। शरीरमा पैदा हुने सेक्सले तनाव मुक्त गर्न पनि महत्वपूर्ण योगदान गर्ने बताइएको छ। तनावमुक्त शरीर आकर्षक र चम्किलो हुने विक्सको दावी छ।

डाक्टर डेभिडले यो शोधका क्रममा १० वर्षसम्म विभिन्न उमेर समूहका हजारौं महिला तथा पुरुषमा अध्ययन गरे। यस क्रममा उनले ४०-५० वर्ष उमेर समूहका महिला पुरुषलाई बढि जवान भएको पाए।

उनका अनुसार जवान देखिने ती ४०–५० वर्षे मानिसहरुले हप्तामा कम्तिमा ३ पटक शारीरिक सम्बन्ध राख्थे उनका अनुसार सम्भोगका दौरान आउने भावनाको आवेगले व्यक्तिको स्वास्थ्य कस्तो छ भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ।