काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराईले पोखरेल निर्मल निवास छिरेको पुष्टि गरेका हुन्।
प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग २१ साउनमा विशेष कुराकानी गर्दै भट्टराईले भने, उहाँ ईश्वर पोखरेल निर्मल निवास वा त्यसको कम्पाउन्डभित्र जानुभएको हो। निर्मल निवासभित्र जानुमा पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट्ने कुनै उद्देश्य र योजनासहित नपुगेको बताए। पोखरेलसँग आफूले कुरा गर्दा निर्मल निवास गएको तर नेपाल ट्रष्टको जग्गा निरीक्षण गर्न पुगेको खुलाए।
नेपाल ट्रष्टको जग्गा र पूँजीको निरीक्षण गर्न पोखरेल निर्मल निवास गएको दाबी गरे। उनले भने, ‘नेपाल ट्रष्टको संयोजकको हैसियतले उहाँ देशभर ट्रष्टको सम्पत्ति संरक्षणको उद्देश्यसहित गइरहनुभएको छ।’ पोखरेल अन्य स्थानमा जाँदा चर्चा नभएको तर निर्मल निवासमा जाँदा चर्चा भएको बताए । उनले भने, ‘पूर्व राजा बसेको हुनाले चर्चा भएको होला। यसअघि पोखरेल निर्मल निवास छिरेर पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेको विषय चर्चामा आएको थियो।
ट्रष्टको संरक्षकको हिसाबले पोखरेलले जग्गा र सम्पत्ति संरक्षणका लागि सक्रियता देखाएको दाबी गरे। देशभर ट्रष्ट अन्र्तगतको सम्पत्ति नेपाल सरकारको भएकाले संरक्षण गर्नु सरकारको दायित्व भएको बताए। दायित्वलाई बुझेर सरकारले ट्रष्टको जग्गा संरक्षणमा सक्रिय भूमिका निभाइरहेको बताए।
राजसंस्था कुनै हालतमा नफर्कने बताए। जनताले राजतन्त्र फर्काउन नहटाएको बताए। पूर्व राजा ज्ञानेन्द्र शाहले चलखेल गर्न नहुने बताए । उनले भने, ‘चुप लागेर बस्नु पूर्व राजाको हितमा छ।’ पूर्व राजाले गलत तरिकाले चलखेल गरे सरकारले कारबाही गर्ने बताए ।



लाेकपाटी न्यूज

