चितवन, २३ साउन। बुधाबार छोराछोरीसहित एक महिला नारायणी नदीमा हाम फालेकी छिन्। नदीमा हाम फाल्दा दुबै बच्चाको मृत्यु भएको छ। तर महिलाको जीवितै उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका इन्सपेक्टर राजेन्द्र अधिकारीकाअनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ निवासी २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिवेणीस्थित गण्डक पुलबाट दुई सन्तानसहित नारायणीमा हाम्फालेकी हुन्।
हाम्फालेको देख्नासाथ स्थानीयले आमाको जीवितै उद्धार गरे भने दुई बच्चालाई बचाउन सकेनन्। उनी साढे २ वर्षको छोरा अविनास र डेढ महिनाकी छोरी निकितालाई लिएर हाम्फालेको स्थानीय प्रेमचन्द्र रौनियारले जानकारी दिए।
उद्धार गरिएकी सुधालाई जिल्ला प्रहरी कार्यालय कावासोती राखिएको छ। सुधाका श्रीमान् नेपाल प्रहरीको जर्गाह गण (पश्चिम नवलपरासीमा) कार्यरत छन्।



लाेकपाटी न्यूज
