अमेरिका गएका वडाध्यक्ष घिसिङमाथि छानबिन

usa-dv
लाेकपाटी न्यूज

काठमाडौं, २३ साउन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका एक वडाअध्यक्षको अमेरिका भ्रमणबारे छानविन गर्ने भएको छ।गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि सो पद रिक्त रहेको भन्दै स्थानीयले निवेदन दिएका थिए।

त्यसपछि त्यसबारे छानबीन गर्न लागेको मन्त्रालयका सचिव यादव कोइरालाले भने–‘डिभी परेर अमेरिका गएको रहेछ भन्ने सो पद रिक्त रहन्छ। यसबारे विस्तृत छानबीन गरेर मात्र भन्न सकिनेछ ।’

सो वडाका स्थानीयले वडाध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा निवेदन दर्ता गराएका थिए। यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्