सार्वजनिक बिदा थप्दै सरकार (सूचीसहित)

pm office
लाेकपाटी न्यूज

काठमाडौं। सरकारले ११ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ। विभिन्न जातीय र सांस्कृतिक चाडहरुलाई राष्ट्रिय पर्वका रूपमा लिँदै सार्वजनिक विदा दिने तयारी गरेको हो।

विभिन्न जातिय तथा सांस्कृतिक संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक विदा नदिइएको प्रति गुनासो गरेपछि गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले विभिन्न आठ पर्वका लागि ११ विदा थप्ने प्रस्ताव गरेको हो। सरकारले थप १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रीस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित विवरण अनुसार किराँत चार्ड उभौली र उधौलीका लागि दुई दिन, इदुल फित्र, बकरइद र मोहम्मद जयन्ती तीन दिन, किस्मस, एक दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वे ल्होसारमा तीन दिन, छठ, ऋषि पञ्चमी, माघी पर्व, र जनै पूर्णिमामा एकएक दिन बिदा दिने प्रस्ताव समितिले गरेको छ। समितिले अन्य बिदा भने यथावत रहने बताएको छ।

sarbajanik_bidaa

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्