सीआईबीको प्रहरी हुँ भन्दै लुटपाट गर्ने पक्राउ

9
लाेकपाटी न्यूज

काठमाडौं, २० साउन । नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै धुम्बाराहिस्थित धुम्बाराहि स्कूल चोक अगाडि दिउँसै लुटपाट गर्ने २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा उदयपुर घर भई कपन बस्ने २३ वर्षीय दोर्जे तामाङ र उदयपुरकै बुढानिलकण्ठ बस्ने १९ वर्षीय नोर्बु तामाङ रहेका छन्। पक्राउ परेका दोर्जे र नोर्बुले साउन १७ गते कास्की घर भई कालोपुल बस्ने २१ वर्षीय ईश्वर घतानेको १ थान मोबाइल र ६ हजार नगद लुटेका थिए।

महाराजगञ्ज वृत्तबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले साउन १९ गते साँझ ६ बजेको समयमा लुटिएको सामानसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए। पीडितले प्रहरीमा दिएको बयानको आधारमा सीसी क्यामेराको सहायतमा हुलियाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेको डीएसपी प्रसाईले बताए।

उनीहरुको साथबाट ४ थान मोबाइल र लुट्न प्रयोग भएको बा६६प ३४८१ नम्बरको स्कुटर समेत बरामद भएको छ। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्