मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभारम्भको चर्चा चल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय छ। रमाइलो यात्रा पनि रहला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सानातिना समस्यामा अल्झिनुपर्नेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। मुद्दा मामिला आइलाग्नेछ। प्रेममा मनमुटाव रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लाभदायक यात्रा हुनेछ। बिना प्रतिस्पर्धा फाइदा हुनेछ। पारिवारसँग रमाइलो भेटघाट हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। रोजगारको अवसर मिलनेछ। रोमाञ्चक यात्रा होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउला। चिन्ता छाडेर चिन्तन गर्ने समयछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। शत्रु क्षय होलान्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। पेट सम्बन्धि समस्याले सताईरहनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पुरा होला। प्रेमीको सहयोग पाइनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। कला र गलाको प्रभाव बढ्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। शुभ समाचार सुन्न पाईएला।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। मनमा निरासा र शरीरमा आलस्य आउला। व्यवसायमा मन्दी आउनेछ। कार्यमा बाधा आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। आफन्तको सहयोग प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।



लाेकपाटी न्यूज
