बुटवल, १८ साउन । गुल्मीमा एक वालिकाको पिङ्ग खेल्ने डोरी घाटिमा बेरिएर मृत्यु भएको छ।
जिल्लाको चन्द्रकोट गाउँपालिका २ भिरखानी निवासी ८ वर्षीया सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी कार्यालय प्रमूख एसपी दिपककुमार बस्नेतले बताए।
अभिभावकले खेल्नका लागि घरमै बनाइएको पिङ्गको डोरी घाँटीमा बेरिँदा बालिका गम्भीर घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको एसपी बस्नेतले बताए।बालिकाको शवलाई पोष्टमार्टमका लागि शनिवार बिहान सदरमुकाम तम्घास लगिएको छ।



लाेकपाटी न्यूज